२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘उत्तर कोरियामा ३२ चिनियाँ पर्यटकको मृत्यु’


0
Shares

चीनको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार मृत्यु हुनेमा चारजना उत्तर कोरियाका नागरिक रहेका छन् ।

आइतबार भएको दुर्घटनामा परी अरु दुईजना चिनियाँ घाइते पनि भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तर कोरियाको राजधानी प्योङयाङदेखि दक्षिणतर्फपर्ने ठाउँमा सो दुर्घटना भएको चीनको विदेश मन्त्रालयका प्रवक्ता लु काङले पत्रकारलाई बताए ।

उनले भने–‘हामीले घटनाकाबारेमा अनुसन्धान गरिरहेका छौं, पूर्णविवरण आउन बाँकी नै छ ।’

चिनियाँ राज्यद्धारा सन्चालित सन्चारमाध्यम ‘सीजीटीएन’ले सुरुमा ३० भन्दा बढीको मृत्यु भएको समाचार सम्प्रेषण गरेपनि पछि भने समाचार नै हटाएको छ ।

समाचारअनुसार उत्तर कोरियाको एउटा पुलबाट पर्यटक बस तल झरेर दुर्घटना भएको हो । रासस/एएफपी