Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाललाई विदेशी सैनिकको परेडस्थल बनाउन खोजिँदैछ : गुरुङ


0
Shares

भक्तपुर, मंसिर २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले देशी–विदेशी तत्वहरु मिलेर नेपाललाई विदेशी सैनिकहरुको परेडस्थल बनाउन खोजेको जिकिर गरेका छन् ।

भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गुरुङले स्थिरता कायम गर्न नसके नेपाल विदेशी सैनिकहरुको क्रिडास्थल बन्ने बताए । उनले नेपाली भूमिको दुरुपयोग गर्ने क्रम बढेकाले नेपालको राष्ट्रियता खतरामा परेकोसमेत उल्लेख गरे ।

‘नेपाली भूमिलाई कुनै न कुनै मुलुकका विरुद्ध प्रयोग गर्ने प्रवृत्ति बढिरहेको छ,’ उनले भने, ‘खाशगरी चीनका विरुद्ध घेराबन्दी गर्ने हिसाबले नेपालको भूमि प्रयोग गरिरहेका छन् ।’ यसका विरुद्ध सबै कम्युनिस्ट तथा देशभक्त शक्ति एकजुट हुनुपर्ने खाँचो उनले औंल्याए ।

नेता गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीले प्राथमिकताका आधारमा कामहरु अगाडि बढाइरहेको बताए ।