
मंगलबार भरतपुरमा सन्चारकर्मीहरुसँग कुरा गर्दै उनले वैशाख १४ गतेभित्र सबै समझदारी हुने र नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकीकरणको मिति घोषणा हुने बताए ।
दुई पार्टी एकीकरणमा कुनै जटिलता नभएको भन्दै उनले दुई पार्टीका अध्यक्षको व्यस्तताले गर्दा एकीकरणमा ढिलाइ भएको स्पस्ट पारे ।
‘एकीकरणमा कुनै जटिलता छैन । दुई अध्यक्षले प्रशस्त समय निकाल्यौं भने छिट्टै टुंगाोमा पुग्छौं’–उनले भने ।
अध्यक्ष दाहालले केही दिन ढिलाइ हुँदैमा केही नहुने भन्दै एकीकरणपछि पछुताउनुभन्दा अघि नै समय लिनु राम्रो भएको तर्क गरे ।
उनले यही वैशाख महिनाभित्रै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुने दावी पनि गरे ।
अर्को एक प्रसंगमा अध्यक्ष दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा सन्तुलन ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
उनले मोदी जनकपुर र मुक्तिनाथ पनि जाने भएकाले दुई देशबीचको सम्बन्ध झन् सुधार हुँदै गइरहेको अनुभूति भएको उल्लेख गरे ।
चितवनका विभिन्न कार्यक्रममा सहभागी हुन दाहाल चितवन आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्