७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


थिमीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु


0
Shares

भक्तपुर । भक्तपुरको थिमीमा तीन वटा सवारी साधन एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

मध्यपुरथिमि नगरपालिका–४ क्षयरोग अस्पताल नजिकै रोकिराखेको बा. २ क ३९३५ नम्बरको टिपर र बा २ ख १६५४ नम्बरको ट्रकलाई काठमाडौंबाट काभ्रे जाँदै गरेको बा. ५ ख ३५६५ नम्बरको बसले ठक्कर दिँदा ट्रक चालक काभ्रेको बनेपा नगरपालिका–४ नालाका राजेन्द्र श्रेष्ठ र सहचालक सोही स्थानका सार्जन श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने बसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।