७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिद्वारा आगजनी


0
Shares

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

नगरपालिका कार्यालयमै पार्किङ गरेर राखिएको क १ झ १ नम्बरको गाडीमा गएराति आगजनी भएको हो ।

नेपाली सेनाको टोलीले गाडीमा लागेको आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी कसले र किन लगाएको हो भन्ने थाहा नभएको प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढथापाले बताए ।

यस्तै गुठिचौर गाउँपालिकाको कार्यालयमा पनि तोडफोड भएको छ  ।

घटनाको विस्तृत जानकारी लिन जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ ।