२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रतिव्यक्ति आय एक लाख रुपैयाँमाथि


0
Shares

केन्द्रीय तथ्यांक विभागले हालसम्म प्राप्त अनुमानहरुको आधारमा चालू आर्थिक वर्ष २०७४/०७५ मा ५.८९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

यही वृद्धिदर गत वर्ष ७.३९ प्रतिशत रहने पनि विभागको प्रक्षेपण छ ।

यसैगरी, २०७२/०७३ मा ०.२० प्रतिशतमा आर्थिक वृद्धि सीमित भएको अन्तिम अनुमान पनि विभागले बुधबार सार्वजनिक गरेको छ ।

चालू आर्थिक वर्ष ६ प्रतिशत आर्थिक वृद्धि हुने सरकारको लक्ष्य रहेको छ । बजेटमा ७.२ प्रतिशत आर्थिक वृद्धि हुने लक्ष्य राखिएकोमा मध्यावधि समीक्षा गरी ६ प्रतिशत संशोधित अनुमान गरिएको थियो ।

चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा गैरकृषि क्षेत्रको योगदान १४.१८ प्रतिशत पुगेको प्रारम्भिक अनुमान पनि विभागले गरेको छ । गैरकृषि क्षेत्रअन्तर्गत् निर्माण, उद्योग, ग्यास तथा पानी क्षेत्र पर्दछन् ।

अघिल्लो वर्षको तुलनामा यस क्षेत्रको मूल्य अभिवृद्धि वृद्धिदर ८.७७ प्रतिशतले वृद्धि हुने देखिएको पनि जनाइएको छ ।

पुनःनिर्माण तथा अन्य निर्माणको कार्यमा तीव्रता, ऊर्जा क्षेत्रको विस्तार एवं औद्योगिक क्षेत्रमा भएको उत्पादन वृद्धिलगायतका कारण यसमा प्रगति देखिएको जनाइएको छ ।

यस अवधिमा प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन एक लाख रुपैयाँमाथि पुगेको पनि विभागले जनाएको छ ।

यो वर्ष नेपालीको प्रतिव्यक्ति उत्पादन १ हजार ४ अमेरिकी डलर पुगेको हो । अघिल्लो वर्ष ८ सय ६६ डलर थियो ।