२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


१० हजार युवालाई काल मार्क्स पढाइने


0
Shares

काठमाडौं, वैशाख १३ । कार्ल मार्क्स जन्मको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई मार्क्सवाद पढाउने भएको छ ।

एमाले, माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुचि घट्दै गएकाले मार्क्सवाद पढाउने निर्णय गरेको हो ।

यस्तै, मार्क्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन् । –नयाँ पत्रिका दैनिकबाट