२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


बौद्धिक सम्पत्तिको उचित संरक्षणमा जोड


0
Shares

बिहीबार विश्व बौद्धिक सम्पत्ति दिवसका अवसरमा उद्योग विभाग, बौद्धिक सम्पत्ति संरक्षण समाज र नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले गरेको गोष्ठीका अवसरमा सहभागीहरुले उक्त जोड दिएका हुन् ।

बौद्धिक सम्पत्तिको सरक्षणले समग्र आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुग्नेमा सहभागीहरुको निष्कर्ष थियो ।

बौद्धिक सम्पत्तिका कारण रोजगारी सिर्जना हुने, विदेशी लगानी बढ्ने, नयाँ उद्योगहरु स्थापना हुने, प्रविधिको विकास हुने, उपभोक्ताको हित संरक्षण हुने उनीहरुको भनाइ थियो ।

यस वर्षको नारा ‘परिवर्तनको शक्ति : नवप्रवर्तन र सिर्जनशिलतामा महिला’ रहेको थियो ।

गोष्ठीमा विज्ञहरुले यससम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत् गरेका थिए ।

यस्तै, विदेशमा बौद्धिक सम्पत्ति संरक्षणका लागि अन्तर्राष्ट्रिय पहुँच र खर्चको समस्या, सहकार्यको अभाव, दुर्वल संरक्षणस्तर र फितलो कार्यान्वयनलगायत चुनौती रहेको ‘इप्सन’ले जनाएको छ ।