२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


भरतमोहन अधिकारीलाई विराटनगरमा नागरिक अभिनन्दन


0
Shares

विराटनगर, मंसिर १ । नेपाली कम्युनिस्ट आन्दोलनका अगुवा एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई शनिबार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

नेकपाका नेता एवं पूर्वअर्थमन्त्रीसमेत रहेका ८२ वर्षीय अधिकारीलाई विराटनगरमा ज्येष्ठ नागरिक सम्मानका साथै नागरिक अभिनन्दन गरिएको हो ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा भरतमोहन अधिकारी अभिनन्दन मूल समारोह समितिले उनलाई अभिनन्दन गरेको हो ।

सम्मानित व्यक्तित्व अधिकारीले अहिलेको अनुकूल समयको सदुपयोग गर्दै मुलुकलाई आर्थिक समृद्धितर्फ अगाडि बढाउन राजनीतिक नेतृत्वलाई सुझाव दिए ।

अधिकारीले ज्येष्ठ नागरिकलाई मासिक वृद्धभत्ता दिने कार्यको सुरुआत गर्न महत्वपूर्ण भूमिका निभाएका थिए ।