७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


बुटवल हर्न निषेधित क्षेत्र घोषित


0
Shares

केशव भण्डारी (इमेज)

बुटवल, मंसिर १ । बुटवल उपमहानगरपालिकासहित ५ नम्बर प्रदेशका उपमहानगरपालिकालाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ ।

५ नम्बर प्रदेशका प्रहरी वरिष्ठ उपरीक्षक नरबहादुर खत्रीले शनिबार बुटवलका चार स्थानबाट यसको शुभारम्भ गरे ।

अभियानले ध्वनि प्रदूषण रोक्ने विश्वास लिइएको छ ।

योसँगै ५ नम्बर प्रदेशका बुटवल, नेपालगन्ज, घोराही र तुलसीपुर गरी चारओटा उपमहानगरपालिका हर्न निषेधित क्षेत्र बनेका छन् ।

५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख गणेश चन्दले अभियानलाई स्थानीय सरकारसँग समन्वय गरी कार्यान्वयन गर्ने र एक महिना प्रचार–प्रसार तथा सचेतनाका कार्यक्रम गरिने जानकारी दिए ।

पछिल्लो समय सहरी क्षेत्रमा सवारी–साधनको चापसँगै ध्वनी प्रदूषण बढेको गुनासो आएपनि ट्राफिक प्रहरीले यो अभियान सुरु गरेको हो ।

प्रहरीले शनिबारदेखि नै सहरका चोक–चोकमा चालकहरुलाई हर्न नबजाउन आग्रह गर्दै चेतनामूलक पर्चा, पम्प्लेट बाँडेको छ ।