जिरी, मंसिर १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले चाँडै जनअपेक्षाअनुसार काम गर्ने बताएका छन् ।
शनिबारदेखि सुरु हुने प्रथम ‘प्रकाश स्मृति फुटबल’ प्रतियोगिताको उद्घाटन गर्न दोलखा आएका अध्यक्ष दाहालले सदरमुकाम चरिकोटमा कार्यकर्ता भेटघाटकाक्रममा सरकारले राजनीतिकरुपमा पूर्वाधार बनाउने काम गरेकाले जनअपेक्षाअनुसार काम हुनेमा ढुक्क हुन आग्रह गरे ।
पार्टी एकताको प्रसंगमा उनले एकीकरणपछिका सबै कमिटीले पूर्णता पाउने बताए ।
नेताहरुको व्यस्तताका कारण तल्ला कमिटी निर्माणमा ढिलाइ भएपनि विवाद नरहेको उनले प्रस्ट पारे ।
पार्टी एकतापछि सातै प्रदेशमा जनसभा गरिनेसमेत नेता दाहालले बताए । रासस









प्रतिक्रिया दिनुहोस्