
काठमाडौं, बैशाख १५ । आगामी नीति तथा कार्यक्रम बजारमुखी, पुँजी बजार एवं निजी क्षेत्रलाई प्रोत्साहन दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा पुर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले ८ प्रतिशतभन्दा बढीको आर्थिक वृद्धि हासिल गर्ने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताए ।
विगतमा बजेट कार्यान्वयनका लागि सरकार फेरबदल भइरहदा कार्यान्वयनमा समस्या आएको भन्दै उनले वर्तमान सरकारले आर्थिक समृद्धिका लागि हरेक क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
पुर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीले आर्थिक समृद्धिका लागि सरकारले काम गर्ने शैली परिवर्तन गर्नुपर्ने बताए ।
छिमेकी भारत र चीनसँग नेपालले बलियो आर्थिक सम्बन्ध स्थापित गर्न सके मात्र छिटो समृद्धि हासिल हुने उनको भनाई छ ।
सरकारले प्रस्तुत गरेको श्वेतपत्रमा राष्ट्रको ढुकुटी रित्तीएको भनेर हल्ला चलाए पनि केन्द्रिय तथ्यांक विभागको तथ्यांकले केही भएपनि जनतामा राहत ल्याएको बताए ।
आगामी बजेटको आकार धेरै नबढाउन पनि विज्ञहरुले सरकारलाई सुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्