 
	    कैलाली, बैशाख १५ । प्रदेश नम्बर ७, सरकारले चालू आर्थिक वर्ष २०७४/०७५ का लागि ल्याएको अल्पकालिन बजेट संसदबाट सर्वसम्मत रुपले पारित भएको छ ।
प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले पेश गरेको एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट शनिबार बसेको संसद बैठकले सर्वसम्मतले पारित गरेको हो ।
बजेटको विपक्षमा कसैको मत नआएपछि सभामुख अर्जुनबहादुर थापाले सर्वसम्मतले बजेट स्वीकृत भएको घोषणा गरे ।
बजेट खर्च गर्ने अख्तियारी सम्बन्धि विनियोजन विधेयक २०७५ प्रति विपक्षी पार्टीका सांसदले असहमति जनाएनन् ।
उक्त विधेयक सर्वसम्मतले पारित भएको छ । यो विधेयक चालू आर्थिक वर्षसम्मका लागि मात्रै रहने छ ।
यसअघि, विपक्षी पार्टीका सांसदहरुले दुई वटा संशोधन प्रस्ताव दर्ता गरे पनि आजको बैठकबाट फिर्ता लिएपछि उक्त प्रस्तावमा छलफल भएन ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्