Logo २६ श्रावण २०८३, मंगलबार | Tue Aug 11 2026


घर भाडा नतिरी ३ महिनासम्म बेपत्ता भएका कारबाही


0
Shares

काठमाडौं, बैशाख १६ । के तपाईले घर भाडामा लिएर बस्नुभएको छ, पैसा छैन भनेर भाडा तिर्न हेलचेक्र्याइँ गर्दै हुनुहुन्छ कि ?

३ महिनासम्म पनि भाडा नतिरी बेपत्ता हुनुभयो भने वडा कार्यालयले कारवाहीको प्रक्रिया अघि बढाउनेछ, घरमा ताला लगाएर लज्जित बनाउनसक्छ, ख्याल गर्नुहोला । यो ऐन भदौ १ गतेबाट लागु हुने छ ।

मुलुकी देवानी (संहिता) एने २०७४ को दफा ४ सय ४ मा घर लिने कुनै व्यक्ति विनासुचना तीन महिना वा सोभन्दा बढी अवधीसम्म घरभाडा रकम नबुझाई बेपत्ता भएमा र निजलाई सार्बजनिक रुपमा सूचना गर्दा वा निजको ठेगानामा पत्राचार गर्दा पनि फेला नपरेमा वा फेला परे पनि निज वा निजको कुनै हकवाला वा प्रतिनिधी उपस्थित नभएमा घरधनीले स्थनीय तहको सम्बन्धित वडा कार्यालयमा त्यस्तो ब्यहोराको निवेदन दिनुपर्नेछ ।

त्यसपछि १५ दिनको सूचना दिई वडा कार्यालयले वहालवालालाई उपस्थित हुन सार्बजनिक सूचना गर्नेछ । –नेपाल समाचारपत्र दैनिकबाट