२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


नागढुंगा-धुलिखेल मेट्रो रेलको सम्भाब्यता अध्ययन हुँदै


0
Shares

काठमाडौं, बैशाख १६ । सरकारले नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल रुटमा मेट्रो रेल निर्माण तथा संचालनका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा शनिबार बसेको लगानी बोर्डको बैठकले काठमाडौं उपत्यकाको रुट नम्बर २ मा मेट्रो रेलको सम्भाब्यता अध्ययनको आशयपत्रसम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो ।

बैठकले सम्भाब्यता अध्ययनको आवश्यक प्रक्रिया अगाडि बढाउन बोर्डको कार्यालयलाई निर्देशनसमेत दिएको छ ।

आशयपत्रको दस्तावेज स्वीकृत भएकाले कार्यालयले अब तत्कालै आशयपत्र माग गर्नेछ ।

यसअघि २७ कात्तिक २०७४ मा बसेको बोर्ड बैठकले पनि यो परियोजनाको विस्तृत परियोजना प्रतिवेदन बनाउने निर्णय गरेको थियो ।

काठमाडौं मेट्रोरेलको रुट नम्बर २ अन्तर्गत बन्ने यो परियोजना ५४ किलोमिटरको हुने अनु्मान छ । –नयाँ पत्रिका दैनिकबाट