
रसुवा, बैशाख १६ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रसुवामा निर्माणाधीन विभिन्न जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरी समयमै काम सक्न निर्देशन दिएका छन् ।
मन्त्री पुनले माथिल्लो त्रिशूली थ्री ए, रसुवागढी र तल्लो साञ्जेन र माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गरेका हुन ।
निरीक्षणपछि मन्त्री पुनले लगनशील भएर काम गरी निर्धारित समयमा आयोजना सम्पन्न गर्न प्राविधिकलाई निर्देशनसमेत दिए ।
विभिन्न आयोजनाको निरीक्षणपछि उनले स्याफ्रुबेसीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा आगामी १० वर्षसम्म १० हजार मेघावाटभन्दा बढी उत्पादन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री पुनले अनुमतिपत्र लिएर काम नगर्ने कम्पनीको इजाजत खारेज गर्ने तयारी समेत भईरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्