
धनकुटा, वैशाख १८ । धनकुटाका किसान हाइब्रिड मकै खेतीतर्फ आकर्षित भएका छन् ।
एक दशक अघिसम्म स्थानीय जातको मात्र मकैको खेती हुने गरेको धनकुटामा पछिल्लो समयमा अधिकांश किसान हाइब्रिड मकैखेतीतर्फ लागेका हुन् । अन्य जातको मकैको तुलनामा बोट सानो तथा पाँच गुणासम्म उत्पादन बढी दिने भएकाले कृषक हाइब्रिड मकैतर्फ आकर्षित भएको धनकुटा नगरपालिकाका कृषि शाखा प्रमुख सूर्य सापकोटाले जानकारी दिए ।
धनकुटाका कृषकले बायोसिट र पायोनियर कम्पनीको हाइब्रिड मकै लगाउने गरेका छन् । जिल्लामा कूल १८ हजार २ सय १० हेक्टर क्षेत्रफलबाट बार्षिक ५० हजार १ सय मेट्रिक टनको हाराहारीमा मकै उत्पादन हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्