Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


संघीयता लागू भएपनि जटिलता समाधान हुन समय लाग्छ : सभामुख


0
Shares

तनहुँ, कात्तिक ३० । सभामुख कृष्णबहादुर महराले तीन तहका सरकारबीच देखिएको अधिकार र स्रोत बाँडफाँटको समस्या समाधान हुन केही समय लाग्ने बताएका छन् ।

शुक्रबार तनहुँको दमौलीमा सांस्कृतिक एवं पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले संघीयता लागू भएपनि त्यसका जटिलता समाधान हुन समय लाग्ने बताए ।

ऐतिहासिक धर्म र संस्कृतिको राज्यले उचित संरक्षण गर्नुपर्नेमा उनले जोड दिए ।

महोत्सवमार्फत् जिल्लाका धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन विकास गर्ने आयोजकको भनाइ छ ।

महोत्सव १० दिनसम्म चल्नेछ ।