Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


‘प्रदेश सरकारको काम–कारबाहीसम्बन्धी सूचना पारदर्शी बनाइन्छ’


0
Shares

विराटनगर, कात्तिक ३० । प्रदेश नम्बर–१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारको काम–कारबाहीसम्बन्धी सूचना पारदर्शी बनाइने बताएका छन् ।

शुक्रबार नेपाल पत्रकार महासंघ मोरङले विराटनगरमा गरेको अन्तरक्रियामा उनले प्रदेश सरकार संयन्त्र निर्माणको क्रममा रहेकाले सूचनालाई व्यवस्थित गर्न समस्या भइरहेको बताए ।

संयन्त्र निर्माणपछि सूचना प्रवाहमा एक मिनेट पनि नलाग्ने मन्त्री कार्कीको भनाइ थियो ।