Logo १४ माघ २०८२, बुधबार | Wed Jan 28 2026


कुनैपनि अवस्थामा राष्ट्र बैंक कमजोर बन्न हुँदैन : अर्थमन्त्री


0
Shares

पूर्वगभर्नरसमेत रहेका खतिवडाले नियामक निकाय कमजोर हुँदा त्यसले समग्र अर्थतन्त्रमा असरपार्ने भन्दै नियमनकारी निकाय अनावश्यक लचिलो हुन नहुने बताए ।

राष्ट्रिय वाणिज्य बैंकले एनआइडीसी डेभलमपेन्ट बैंकलाई गाभेर सुरु गरेको एकीकृत कारोबारको बुधबार राजधानीमा उद्घाटन गर्नेक्रममा अर्थमन्त्री खतिवडाले मौद्रिक नीतिपछि बैंक तथा वित्तीय संस्थाको व्यवस्थापन सहज तहमा पुगेपनि सन्तुष्ट भएर बस्ने ठाउँ भने नरहेको बताए ।

उनले नियमन गर्ने निकायले कारबाही गर्नुपर्ने ठाउँमा कारबाही नगरे उसलाई पनि कारबाही गर्ने निकाय रहेकोसमेत बताए ।

गलत गर्नेलाई कारबाही गर्नुपर्ने भन्दै त्यसो नगर्नेलाई पनि कारबाही गर्ने निकाय रहेको उनको भनाइ थियो ।

उनले बैंकिङ प्रणालीमा हुने अपराधलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

नयाँ बजेटको तयारीमा जुटेका अर्थमन्त्री खतिवडाले आगामी बजेटमा स्वरोजगारी र उद्यमशिलताका यथेष्ट कार्यक्रम ल्याउने जानकारी पनि गराए ।