२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


दिक्तेलमा सुविधासम्पन्न आधुनिक पशु वधशाला


0
Shares

दिक्तेल–रुपाकोट–मझुवागढी नगरपालिकाको १९ लाख १५ हजार र हाटडाँडाटोल पूर्वाधार विकास तथा व्यापार व्यवसाय प्रवद्र्धन समितिको ४ लाख ७३ हजार ३४० रुपैयाँको लागतमा उक्त वधशाला सन्चालनमा आएको हो ।

नगरपालिकाको ८० प्रतिशत र टोल पूर्वाधार समितिको २० प्रतिशत लगानीमा निर्माण भएको वधशालामा पशुवध गर्ने ट्रस भवन, प्वाँख–भुत्ला, हाडखोर र रगत जाने बेग्लाबेग्लै तीनकोठे हज, मासु काट्ने चारकोठे आधुनिक भवन, दुईकोठे शौचालय सुविधा रहेको हाटडाँडाटोल पूर्वाधार विकास तथा व्यापार व्यवसाय प्रवद्र्धन समितिका अध्यक्ष किसनकुमार राईले जानकारी दिए ।