
चेम्बरले बिहीबार राजधानीमा ‘व्यावसायिक शान्ति सुरक्षामा नेपाल प्रहरीको नयाँ सुरक्षा रणनीति’ विषयमा गरेको अन्तरक्रिया कार्यक्रममा सुरक्षाको प्रत्याभूति भएमात्र आर्थिक समृद्धि हुने जनाएको हो ।
चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले चन्दा असुली, डर, त्रासका कारण सहजरुपमा व्यापार गर्ने वातावरण नबनेको बताए ।
उनले ‘पहिला थुन्ने अनिमात्र सुन्ने’ प्रवृत्ति हटाउन प्रहरीको ध्यानाकर्षण गराए ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डर, त्रास नलिइ ढुक्कसँग व्यापार गर्न आग्रह गरे ।
विकासको आधार सुरक्षा भएको भन्दै उनले प्रहरीले जस्तोसुकै अवस्थामा पनि सुरक्षा दिने दावी गरे ।
जथाभावी मदिरा बेच्न दिँदा त्यसले समाजमा नकरात्मक असर परेको भन्दै उनले निश्चित स्थान तोकेर मदिरा बेचविखन गर्न दिने सोचमा सरकार रहेको बताए ।
उनले व्यापारीमाथि हुने अनावश्क दबाब, दुर्व्यवहार एवं चन्दा आतंकको अन्त्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्