
चाँडै पार्टी एकता गर्ने तयारीमा रहेका दुई दलका अध्यक्षबीचको छलफल सकारात्मक भएको ठानिएपनि ठोस सहमति बाहिर आएको छैन ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले उनीहरुबीचको छलफल सकारात्मक रहेको र आवश्यकतानुसार फेरि छलफल गरी निष्कर्षमा पुगिने जानकारी दिए ।
दुवै दलले वैचारिक र सांगठनिक प्रतिवेदन तयार गरी मिल्न बाँकी विषयको टुंगो लगाउन अध्यक्षहरुलाई जिम्मा दिएको थियो । रासस
प्रतिक्रिया दिनुहोस्