
बन्जाडेलाई शुक्रबार बुटवलको ट्राफिकचोकबाट नियन्त्रणमा लिइएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीले जानकारी दिए ।
पक्राउ परेका बन्जाडेलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।
त्यस्तै, यातायातका अरु संघ र समितिका पदाधिकारीहरुको पनि खोजीकार्य भइरहेको एसपी ज्ञवालीले बताए ।
सिन्डिकेट पक्षधर यातायात व्यवसायी समितिले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्रीले थापाले शुक्रबार देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई लिखित निर्देशन पठाउँदै अत्यावश्यक सेवा ऐन २०१४ अनुसार गाडी सन्चालन नगर्ने व्यवसायीहरुलाई पक्राउ गर्न निर्देशन दिएका हुन् ।
प्रतिक्रिया दिनुहोस्