
काठमाडौं, बैशाख २३ । संघीय संसद्का सांसदहरु फौजदारी अपराधमा संलग्न भई अदालतले पुर्पक्षका लागि थुनामा पठाउँदा पनि उनीहरुको पद निलम्बन नहुने व्यवस्था प्रति नेपाल तरुण दलले गम्भीर आपत्ति जनाएको छ ।
नेपाली कांग्रेस निकट तरुण दलका महासचिब भुपेन्द्रजंग शाहीले आइतबार एक विज्ञप्ती जारी गर्दै लोकतन्त्रमा सांसद र जनताका लागि फरक कानुन हुनु हुँदैन भन्दै यो सुशासन र लोकतन्त्र बिरोधि व्यवस्था हो, भनेका छन् ।
प्रतिनिधिसभा र राष्ट्रिय सभा नियमावली मस्यौदा समितिको शनिबार बसेको छुट्टाछुट्टै बैठकबाट सांसदहरु फौजदारी अभियोगमा थुनामा परे पनि पद कायम रहने प्रावधान नियमावलीमा राख्ने सहमति भएकोप्रति अपत्ति जनाउँदै दलले आपत्ति जनाएको हो ।
दलले यस्तो व्यवस्थालाई लोकतान्त्रिक मूल्य मान्यताको खिल्ली उडाएको निस्कर्ष निकालेको छ । अपराधीलाई उन्मुक्ति दिने खालको कानुन फिर्ता लिन जोडदार माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्