Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चितवनमा पक्राउ परेका दुई यातायात व्यवसायी रिहा


0
Shares

रिहा हुनेमा छहारी यातायातका उपाध्यक्ष श्याम श्रेष्ठ र सहसचिव कृष्ण लामिछाने रहेका छन् ।

आइतबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको रोहबरमा हडताल नगर्ने र प्रालिमा दर्ता गरी यातायात सन्चालन गर्ने लिखित प्रतिबद्धता जनाएपछि उनीहरुलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले जानकारी दिए ।

शुक्रबार आफ्ना यातायातका सवारी–साधन ग्यारेजमा थन्क्याएर हडतालमा उत्रेका व्यवसायीहरुलाई गृह मन्त्रालयको निर्देशनमा प्रहरीले पक्रेको थियो ।