
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा आइतबार राष्ट्रपति भवन शीतल निवासमा गएको चेम्बरको टोलीसँग उनले स्वच्छ एवं पारदर्शी व्यवसायका लागि सबैले आ–आफनो क्षेत्रबाट इमान्दारिता निर्वाह गर्नुपर्ने बताइन् ।
सबै व्यापार–व्यवसायहरुमा पारदर्शिता र स्वच्छताको आवश्यकता रहेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।
भेटमा चेम्बर अध्यक्ष श्रेष्ठले बलियो सरकार बनेकाले समृद्धिको सपना पूरा गर्ने आधार भनेको निर्यात प्रवद्र्धन र विदेशी लगानी भित्र्याउन आर्थिक कूटनीति आवश्यक रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्