Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘मोदीबाट छिट्टै प्रतिवेदन बुझ्ने काम हुन्छ’


0
Shares

काठमाडौं, कात्तिक २९ । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी)ले तयार पारेको प्रतिवेदन चाँडै बुझ्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले दुवै पक्षका सदस्यहरुबीच कुराकानी भइरहेकाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै प्रतिवेदन बुझ्ने बताए ।

समूहका एक सदस्यसमेत रहेका डा. भट्टराईले इपीजीले नेपाल–भारतबीचका द्विपक्षीय सन्धि, सम्झौतालगायत सबै विषयमा पुनरावलोकन गरेको दाबीसमेत गरे ।

उनले देश विकासका लागि अरु मुलुकसित पनि साझेदारी आवश्यक पर्ने भन्दै सबैको सहयोगमा विकास निर्माणका काम अघि बढाइने बताए ।

भारत र चीनसँगमात्र नभइ अरु मुलुकसित पनि नेपालले राम्रो सम्बन्ध कायम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।