
सोमबार काठमाडौंमा रिपोर्टर्स् क्लबद्वारा आयोजित साक्षात्कार कार्यक्रममा नेपाली कांग्रेसका नेता एनपी साउदले भारतीय प्रधानमन्त्री मोदीको आसन्न नेपाल भ्रमणकाक्रममा पुराना सन्धि–सम्झौता कार्यान्वयन र नेपाललाई फाइदा हुनेगरी नयाँ सम्झौता गर्नुपर्नेमा जोड दिए ।
माओवादी केन्द्रका नेता अग्नि सापकोटाले उच्चस्तरीय राजनीतिक भ्रमणले दुई देशबीच राजनीतिक र कूटनीतिक सम्बन्ध सम्बद्र्धन र प्रगाढ बनाउन सहयोग मिल्ने विश्वास व्यक्त गरे ।
यस्तै, नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले विगतका तिक्तता भुलेर नेपाली जनताले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणलाई सकारात्मकरुपले लिनुपर्ने धारणा राखे ।
यसैगरी, राजपा नेपालका महासचिव मनीष सुमनले मोदीको पछिल्लो भ्रमण बहुप्रतिक्षीत भएकाले प्रदेश नम्बर–२ का जनता मोदीको स्वागत गर्न आतुर रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्