२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


समानताका आधारमा पार्टी एकता : दाहाल


0
Shares

पार्टीको सहायक संगठन वाइसीएल नेपालले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाहरुको भूमिका’ विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विचार र राजनीतिलाई केन्द्रमा राखेर नै एकता हुने भएकाले ती विषय छाडिन्छ कि भनेर भ्रम नपाल्न आग्रह गरे ।

अध्यक्ष दाहालले माओवादी नेता–कार्यकर्ता र माओवादी आन्दोलन अपमानित हुनु भनेको देशलाई अप्ठ्यारो पर्नु भएकाले कोही–कसैले पनि त्यस्तो हिम्मत गर्न नसक्ने स्पस्ट पारे ।

उनले समाजवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने महान् अभियानलाई साथ दिन युवापंक्ति नै एकताबद्ध भएर परिचालित हुनुपर्ने बताए ।

‘युवालाई नीति–निर्माणमा नल्याए देश दुर्घटनामा पर्नेछ’ भन्दै उनले पार्टीले सरकारमा पनि त्यसलाई ध्यान दिइएको र अन्य स्थानमा पनि उचित जिम्मेवारी दिइने स्पस्ट पारे ।

उनले सहिद, बेपत्ता र घाइतेको उचित व्यवस्थापन गरिने दृढता पनि व्यक्त गरे ।

कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले विचार निर्माणमा युवाको भूमिका महत्वपूर्ण हुने भएकाले आलोचनात्मक चेतका साथ राजनीतिक विषयवस्तुलाई बुझ्नुपर्नेमा जोड दिए ।

माओवादी केन्द्रका संगठन विभाग प्रमुखसमेत रहेका गृहमन्त्री रामबहादुर थापाले राज्यका हरेक क्षेत्रमा रहेको एकाधिकार अन्त्यको अभियानमा साथ दिन युवालाई आग्रह गरे ।

वाइसीएलले पार्टी एकताको सन्दर्भमा भइरहेको पछिल्लो अवस्थाको जानकारीसहित आर्थिक समृद्धिमा युवा परिचालनलाई केन्द्रमा राखेर छलफल कार्यक्रम आयोजना गरेको अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिए । रासस