Logo ७ आश्विन २०८३, बुधबार | Thu Sep 24 2026


नेपाली रैथाने खानाको कुकबुक तथा भिडियोको विमोचन


0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सोमबार राजधानीमा कुकबुक तथा भिडियोको विमोचन गर्दै रैथाने खाना–परिकारको स्वदेश तथा विदेशमा प्रभावकारी प्रवद्र्धनको आवश्यकता रहेको भन्दै यसका लागि सरकार सक्दो लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

देशैभरबाट संकलित झन्डै २०० परिकारका रैथाने खाना, खाना पकाउने विधि, सामग्री आदिलाई विशेषज्ञ सेफहरुको टोलीले विस्तृत् अध्ययन गरी विश्वव्यापीरुपमा सामग्रीको उपलब्धता, स्वाद आदिको आधारमा झन्डै ३० प्रकारका उपयुक्त खाना छनोट गरिएको थियो ।

यी नेपाली रैथाने खानाका परिकार विश्वबजारमा प्रवद्र्धन गर्न कुकबुक तथा भिडियो तयार पारिएको अभियानका संयोजक विनायक शाहले बताए ।

छनोटमा परेका खानाहरुको नेपाल सरकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षण गराएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणित पत्र प्राप्त गरिसकेको पनि उनले बताए ।

विश्वभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुले सन्चालन गरिरहेका नेपाली खाना पस्कने रेस्टुरेन्टहरुले यसबाट प्रत्यक्ष फाइदा लिनसक्ने पनि शाहले बताए ।