२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


मोदीको नेपाल भ्रमणबारे प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने


0
Shares

काठमाडौं, बैशाख २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्दै छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सरकारको नीति तथा कार्यक्रमका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणका बारेमा पनि छलफल हुनेछ ।

नीति तथा कार्यक्रमको तयारीमा लागेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श थालेको हो ।

नीति तथा कार्यक्रमबारे सुझाव लिन पूर्वप्रधानमन्त्रीसँग प्रधानमन्त्रीले छलफल गर्न लाग्नुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारीदिए ।

सरकारले आर्थिक वर्ष २०७५÷७६ का लागि जेठको पहिलो साता नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको छ ।