परिषद्को २७औं वार्षिकोत्सवको अवसरमा मंगलबार राजधानीमा गरिएको कार्यक्रममा उनले कृषि क्षेत्रमा बजेट बढाउनका लागि छलफल चलिरहेको जानकारी दिइन् ।
सोही कार्यक्रममा कृषि मन्त्रालयका सचिव युवकध्वज जिसीले धानको तुलनामा चामलमा न्यून कर लाग्ने प्रावधान गलत भएको बताए ।
नेपालले वार्षिक ८ अर्ब रुपैयाँ बराबरको चिया, अलैंची, अदुवा, कफीलगायतका कृषि उत्पादन निर्यात गर्छ भने ४० अर्ब रुपैयाँ बराबरको खाद्यान्नलगायतका कृषिउपज आयात गर्ने गरेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्