
जिल्ला सुरक्षा समितिले मोदीको भ्रमण व्यवस्थित बनाउँदै पर्यटक र तीर्थयात्रीका लागि वैकल्पिक बाटोको व्यवस्था गरेको हो ।
मोदी भ्रमणको समयमा पदयात्रीले मनाङदेखि मुस्ताङको आवत–जावत गर्न मुक्तिनाथ क्षेत्रबाहिरको वैकल्पिक बाटो छेङ्गुर, झोङ र पुडाकको बाटो प्रयोग गर्नुपर्ने जनाइएको छ ।
मोदी भ्रमणक्रममा सर्वसाधारणलाई २० घन्टासम्म मुक्तिनाथ क्षेत्रमा प्रवेश रोक लगाइनेछ ।
जसअनुसार मुक्तिनाथ आउने तीर्थालुले वैशाख २८ गते अपराह्न ४ बजेदेखि वैशाख २९ गते मध्याह्न १२ बजेसम्म मुक्तिक्षेत्र प्रवेश गर्न पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्