
पुँजीबजार अझै अस्वस्थरुपमा चलेको भन्दै उनले सेयर कारोबारमा लगानीकर्ताको जोखिम बहन गर्न सरकार जिम्मेवार नहुने पनि बताए ।
नेपाल धितोपत्र बोर्डले आयोजना गरको क्यापिटल एक्स्पोको बुधबार राजधानीमा उद्घाटन गर्दै मन्त्री खतिवडाले पुँजीबजारमा लगानी गर्दा नाफासँगै घाटा पनि हुनसक्छ भन्ने बुझ्न लगानीकर्तालाई आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पुँजीबजार अघि नबढेसम्म देश विकास नहुने तर्क गरे । संसारमा पुँजीबजारको विकास नभएको देशको विकास नै नभएको उनको दावी थियो ।
दुईदिने प्रदर्शनीमा नेपाल धितोपत्र बोर्ड, बिमा समिति, नेपाल स्टक एक्सचेन्ज, धितोपत्र बजारसम्बन्धी सफ्टवेयरलगायत कम्पनीहरुका झन्डै २०० ओटा स्टलमार्फत् पुँजीबजारसम्बन्धी विस्तृत् जानकारी गराइने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्