
१५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजना थपेको समयमा पनि पूरा नभएपछि ३३ केभीए प्रसारणलाइनबाट ५ मेगावाटमात्र केन्द्रीय प्रसारणमा जोडिँदैछ ।
विद्युत् उत्पादन गरी प्रसारणलाइनमा पठाउने अवस्था नरहेको तल्लोहेवा जलविद्युत् आयोजनाको माउन्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिमिल्सिनाको भनाइ छ ।
आर्थिक वर्ष २०६६/०६७ बाट सुरु भएको करिडोरको काम आव २०७१–०७२ भित्र सक्ने सुरुआती योजना थियो । तर, दोस्रोपटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए ।
भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा काम समयमा पूरा हुन नसकेको हो । जसले गर्दा उत्पादित विद्युत्को उपयोग हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्