
सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सहुलियत ऋणमा २० करोड डलर अर्थात् २० अर्ब ८० करोड बराबर र रानी–जमरा–कुलरिया सिँचाइ आयोजना फेज–२ का लागि ६६ करोड ६० लाख डलर अर्थात् ६ अर्ब ८६ करोड रुपैयाँ बराबार बजेटरी सहयोग गर्ने समझदारी गरेको हो ।
सहयोगसम्बन्धी सम्झौतापत्रमा बिहीबार अर्थसचिव राजन खनाल र नेपालका लागि विश्व बैंकका देशिय निर्देशक किमिओ फानले हस्ताक्षर गरे ।
विश्व बैंकको पछिल्लो सहयोगले रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाको बाँकी काम सम्पन्न गर्न सहयोग पुर्याउने अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्