१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सरकारी कर्मचारीको भत्ता कटौती


0
Shares

काठमाडौं, वैशाख २८ । सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ ।

यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दावी छ ।

आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थमन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पारित गरेको छ । नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन् । –नागरिक दैनिकबाट