Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


प्रदेश–१ सरकारद्वारा छठका अवसरमा सांस्कृतिक कार्यक्रम


0
Shares

विराटनगर, कात्तिक २८ । प्रदेश नम्बर–१ सरकारले छठ पर्वका अवसरमा विराटनगरमा शुभकामना आदान–प्रदान तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

बुधबार स्थानीय आदर्श माध्यमिक विद्यालयको प्रांगणमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारको प्रस्तुतिसँगै विभिन्न जाति समुदायले झाँकी तथा नृत्यहरु प्रस्तुत् गरेका थिए ।

कार्यक्रममा किरात, झाँगड, सन्थाल, बाँतर, थारु, मुस्लिम, राजवंशी जातिका झाँकी प्रस्तुत् गरिएको थियो ।

त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीलेसमेत झाँकी प्रस्तुत् गरेका थिए ।