
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सम्मेलनको उद्घाटन गर्दै ताल संरक्षणका लागि स्थानीय जनता नै बढी जिम्मेवार हुनुपर्ने धारणा राखे ।
तालको संरक्षणले सौन्दर्य बढाउने भएकाले मानवीय र प्राकृतिक अतिक्रमणबाट ताल जोगाउनुपर्ने उनको भनाइ छ ।
प्रदेश नम्बर–४ का पर्यटनमन्त्री विकास लम्सालले ताल संरक्षणका लागि अदालतले गरेको निर्णय छिट्टै कार्यान्वयन गरिने बताए ।
सम्मेलनमा जापान, भारत,नेपाल, बगंलादेशलगायत सात राष्ट्रका विज्ञको सहभागिता छ ।
शनिबार (भोलि)सम्म चल्ने सम्मेलनमा विभिन्न राष्ट्रबाट २१ ओटा कार्यपत्र पेस गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्