७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन सुरु


0
Shares

दीपक घिमिरे (इमेज)

भैरहवा, कात्तिक २८ । नेपालमा पहिलोपटक भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा ‘ऐतिहासिक अन्तर्राष्ट्रिय त्रिपिटक वाचन’ बुधबारदेखि सुरु भएको छ ।

लुम्बिनी विकास कोष, अखिल नेपाल भिक्षु महासंघ र थाइ बौद्ध विहारको संयुक्त आयोजनामा मायादेवी मन्दिर परिसरमा सुरु भएको कार्यक्रममा १८ देशका भिक्षु–भिक्षुणी, उपासक–उपासिकाहरु सहभागी छन् ।

कार्यक्रममा नेपालसहित थाइल्याण्ड, कम्बोडिया, चीन, भियतनाम, कोरिया, जापानलगायत मुलुकका ७०० भन्दा बढी बौद्धधर्म अनुयायीको सहभागिता रहेको अखिल नेपाल भिक्षु महासंघका स्थानीय सचिव चेतन पन्तले जानकारी दिए ।

बौद्धधर्मको प्रमुख धर्मग्रन्थ त्रिपिटकमा रहेको महत्वपूर्ण ज्ञानबारे प्रचार गर्न आयोजित त्रिपिटक वाचन तीन दिनसम्म चल्ने जनाइएको छ ।