७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सिन्डिकेट हटाउन सरकार सक्रिय : गृहमन्त्री


0
Shares

म्याग्दी, कात्तिक २८ । गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रसँगै अन्य क्षेत्रमा रहेको ‘सिन्डिकेट’ पनि हटाउन सरकार लागिपरेको बताएका छन् ।

म्याग्दीको कोरला यातायात प्रालिद्वारा सन्चालित यातायात सेवाको बुधबार बेनीमा शुभारम्भ गर्दै उनले मुलुकको समृद्धि र आमनागरिकको आय–आर्जनमा सुधार ल्याउन यातायातसँगै शिक्षा, स्वास्थ्य, उद्योग, चिकित्सालगायतको क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरे ।

गृहमन्त्री थापाले मुठ्ठीभरका व्यक्तिलेमात्रै हरेक क्षेत्र ओगटेकाले सबैलाई समान अवसर सिर्जना गर्न एकाधिकार तोड्न जरुरी रहेको स्पस्ट पारे ।

उनले सिन्डिकेट पूर्णरुपमा हट्नेमा ढुक्क हुन आग्रहसमेत गरे ।