२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


नेप्से १० अंकले घट्यो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से १० अंकले ओरालो लागेर १३ सय ३८ मा आएर थामियो ।

कारोबार भएकामध्ये बढीजसो समूह ऋणात्मक रहे । बिमा, विकास बैंक, लघुवित्त, जलविद्युत्, वाणिज्य बैंक र वित्त समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च ६९ अंकले झर्‍यो ।

विकास बैंक समूह २६ अंकले, लघुवित्त समूह २२ अंकले, जलविद्युत् समूह १५ अंकले र वाणिज्य बैंक समूह पनि १० अंकले ओर्लिए । वित्त र व्यापार समूह भने सामान्य अंकले रातो रहे । उत्पादनमूलक, होटल र अन्य समूह सामान्य अंकले सुधारिए ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६३ कम्पनीका १० लाख बराबर कित्ता सेयर साढे ४२ करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।