Logo ३० कार्तिक २०८२, आइतबार | Sun Nov 16 2025


संसदमा अब उचाल्न नमिल्ने कुर्सी !


0
Shares

काठमाडौं, कात्तिक २८ । संसद सचिवालयले अब सांसदलाई छुट्टाछुट्टै नभई एक अर्कासँग जोडिएका कुर्सी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको दोस्रो अधिवेशनसम्म केही सांसदलाई छुट्टाछुट्टै कुर्सीमा राखिँदै आएको थियो । 

अब प्रत्येक लहरमा ६ वटा कुर्सी राखी तिनलाई छुट्टाछुट्टै उचाल्न नमिल्ने गरी जोडिँदै छ । बैठकमा आक्रोशित सांसदले कुर्सी उठाएर तोडफोड गर्न सक्ने भएकाले एउटै ढिक्का बनाउन लागिएको स्रोतले जनाएको छ ।

सचिवालयका अधिकारीले भने कुर्सीमा एकरुपता ल्याउन र धेरै जना अटाउन यस्तो गरिएको दावी गरेका छन् ।

२०७१ माघ ५ मा तत्कालिन माओवादी सांसद उमेशकुमार यादवले संसदको कुर्सी तोडफोड गरेका थिए । २०५४ मा दल त्यागसम्बन्धी विधेयक पारित गर्ने क्रममा कांग्रेस र एमाले सांसदबीच कुर्सी हानाहान भएको थियो । –कान्तिपुर दैनिकबाट