१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


दातृनिकायद्वारा वडा कार्यालय भवन पुनःनिर्माण (भिडियो)


0
Shares

भूकम्पका कारण क्षति पुगेको वडा कार्यालय भवन नहुँदा प्रशासनिक काम गर्न समस्या भएको थियो ।

कार्यालय भवन नहुँदा प्रशासनिक झन्झट व्यहोर्दै आएका सिक्रेका वासिन्दा निकै खुसी देखिएका छन् ।

भूकम्पले भवन पूर्णरुपमा क्षतिग्रस्त भएपछि वडा कार्यालयको काम प्रभावित भएको थियो । जसका कारण सेवा–सुविधाबाट बन्चित उनीहरु भवन बनेपछि उत्साहित देखिएका छन् ।

जर्मन गैरसरकारी संस्था ‘जीआइजेड’ले ४६ लाख ७९ हजार रुपैयाँको लागतमा भवन निर्माण गरेको हो । भवनमा वडाध्यक्षको कार्यकक्षसहित प्राविधिक र बैठक गरी ५ ओटा कोठा रहेको छ ।

जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका उपप्रमुख एनिट फ्रिकले वडाध्यक्ष झमकराज गुरुङलाई भवन हस्तान्तरण गरिन् ।

भवन हस्तान्तरण गर्दै फ्रिकले स्थानीय तहको चुनावबाट निर्वाचित भएर आएका प्रतिनिधिसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् ।

शिवपुरी गाउँपालिका प्रमुख रामकृष्ण थापाले नेपाल सरकारले गर्नुपर्ने काम जीआइजेडले गरिदिएकोमा खुसी व्यक्ति गरे । भवन निर्माणपछि प्रशासनिक काममा सहजता हुने उनको भनाइ थियो ।

वडाध्यक्ष झमकराज गुरुङले भवन नहुँदा पाएको समस्याबारे बताउँदै आफ्नो ठाउँको विकासका लागि पनि थप सहयोग गरिदिन आग्रह गरे ।

२२ सय जनसंख्या बसोबास गर्ने सिक्रेमा जीआइजेडले स्वास्थ्यचौकीकोसमेत निर्माण गरिसकेको छ । हाल यस स्वास्थ्यचौकीबाट सामान्य उपचार पाउँदा सर्वसाधारणसमेत निकै खुसी छन् ।

काठमाडौंबाट डेढ घन्टाको दूरीमा रहेको नुवाकोट जिल्लाको सिक्रे विकासका हिसाबले पनि निकै पछाडि रहेको छ ।

भिडियो हेर्नुहोस्