
तुलसीपुर, कात्तिक २७ । दाङमा भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
घोराही–तुलसीपुर सडकखन्डको रावतगाउँ चोकनजिकै मंगलबार टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको घटनास्थलमै मृत्यु भएको छ ।
घोराहीबाट सर्रातर्फ जाँदै गरेको रा३प ८०८२ नम्बरको मोटरसाइकललाई रा१क ५८२ नम्बरको टिपरले पछाडिबाट ठक्कर दिँदा घोराही उपमहानगरपालिका–१६, सानीअम्बापुर निवासी ४२ वर्षीय तेजबहादुर खत्रीको घटनास्थलमै मृत्यु भएको हो । खत्रीलाई टिपरले च्यापेको छ ।
ठक्करपछि सडकदेखि तल खसेका मोटरसाइकल चालक सानीअम्बापुरकै वसन्त गिरी घाइते भएका छन् । गिरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
ठक्कर दिने टिपर र चालकलाई प्रहरीचौकी सर्राले नियन्त्रणमा लिएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक विवेक महराले जानकारी दिएका छन् । रासस
प्रतिक्रिया दिनुहोस्