काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणाले राप्रपा नेपालका अध्यक्ष कमल थापाकै कारण पार्टी एकता प्रक्रिया अघि बढ्न नसकेको आरोप लगाएका छन् ।
आज राजधानीमा आयोजित कार्यक्रममा उनले एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा.प्रकाशचन्द्र लोहनीसंग छलफल गरेर एकता घोषणा गरौँ भन्दा कमल थापा नमानेको जिकिर गरे ।
तीन वटै राप्रपा एकताका लागि आफु अझै पनि तयार रहेको भन्दै महत्वपूर्ण विषयमा सहमति जुटे पनि पार्टीको नाम,चुनाव चिन्ह् र झण्डाको विषयमा सहमति हुन नसकेको जानकारी दिए ।
कमल थापाले एकतापछि पनि पार्टीको नाम,चुनाव चिन्ह् र झण्डा राप्रपा नेपालकै राख्नुपर्ने अडान राखेकाले एकतामा गतिरोध आएको उनको भनाई थियो । अध्यक्ष राणाले एकीकरण पछि गाईलाई पार्टीको चुनाव चिन्ह मान्न नसकिने अडान दोहोर्याए ।
अध्यक्ष राणाले एकीकृत पार्टीले गणतन्त्र मान्ने कि नमान्ने विषयमा फर्मुला तयार भएको जनाए पनि फर्मुला भने अहिले सार्वजनिक नगर्ने बताए । उनले तीनवटै राप्रपा हिन्दु राष्ट्रको पक्षमा रहेको स्पष्ट पारे ।









प्रतिक्रिया दिनुहोस्