
पाँचथर, जेठ ३ । पाँचथरको फिदिम नगरपालिका–८ स्थित रानीटारको स्याउडाँडामा हवाईमैदान निर्माणका लागि पुनः सम्भाब्यता अध्ययन गरिएको छ ।
२०६७ सालमा अध्ययन गरिएको हवाई मैदानको नागरिक उड्यन प्राधिकरणको रियलपाथ इञ्जिनियरिङ कन्सल्टेन्सीले पुनः अध्ययन गरेको हो ।
१२ सय मिटर लम्बाई र २ सय ८० मिटर चौडाइको रनवेका लागि सम्भाव्यता अध्ययन गरेको पाँचथर हवाई मैदान समिति सदस्य सूर्य अधिकारीले जानकारी दिए ।
५० सिटसम्म क्षमता भएका जहाजलाई अवतरण गर्न र उडान भर्न सकिने गरी हवाई मैदान निर्माणका लागि प्राधिकरणले पुनः अध्ययन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्