
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको डढेलो अलिहेसम्मकै घातक बनेको छ ।
डढेलोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा फेला परेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो ।
यो समेत डढेलोमा परि ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ ।
यसअघि सन् १९३३ मा लस एन्जलसको एउटा पार्कमा आगलागी हुँदा ३३ जना मारिएका थिए ।
यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट डढेलो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रशासनले जनाएको छ ।
क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् ।
यसले आपत्कालिन सहयोग जुटाउन थप मद्दत मिल्ने अनुमान गरिएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्