
पाँचथर । पाँचथरमा आगामी मंसिर ३ गतेबाट राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ ।
राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागले फिदिममा पत्रकार सम्मेलन गरी परिचयपत्र वितरण गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा विभागका महानिर्देशक दिपक काफ्लेले आगामी मंसिर ३ गतेबाट पाँचथर तथा सिंहदरबारका कर्मचारीलाई परिचयपत्र वितरण गर्न लागिएको बताए ।
परिचयपत्र वितरण जिल्ला प्रशासन कार्यालय पाँचथरलगायत अन्य जिल्लाको गाउँपालिकाको विभिन्न वडाको केन्द्रमा गएर गरिनेछ ।
अहिलेसम्म पाँचथरमा ५० हजार ९ सय ५४ जनाको राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण संकलन सकिएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्